Enrolment options

सार्वजनिक रोजगार सेवा

पाठ्यक्रम मार्गदर्शन: नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवाको विकास तथा व्यवस्थापन

स्व-अध्ययन | स्व-निर्देशित

पाठ्यक्रम कोड   भाषा
PES002     नेपाली

📖 स्वागतम्

नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवाको विकास तथा व्यवस्थापन (SMEPES-N) सिकाइ कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ।

यो स्व-अध्ययन (Self-paced) पाठ्यक्रम अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को नेपालमा रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण (Strengthening of Employment Service Centres in Nepal - SESC) परियोजनाबाट तयार गरिएको हो। यस पाठ्यक्रमको उद्देश्य सार्वजनिक रोजगार सेवा (PES) को व्यवस्थापकहरु तथा यस क्षेत्रमा जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी सार्वजनिक रोजगार सेवा (PES) तथा रोजगार, सीप तथा उद्यमशीलता केन्द्रहरू (ESECs) हरूको संस्थागत सुदृढीकरणमा सहयोग पुर्‍याउनु हो।

यो कार्यक्रममा आधुनिक सार्वजनिक रोजगार सेवा (PES) को सिद्धान्त तथा कार्यसञ्चालन प्रक्रियाको परिचय गराउनुका साथै प्रभावकारी, समावेशी तथा सेवाग्राही-केन्द्रित रोजगार सेवा प्रवाहका व्यवहारिक उपायहरूको अध्ययन गराइएको छ। अन्तर्राष्ट्रिय अनुभव तथा नेपालको सन्दर्भलाई आधार बनाई तयार गरिएको यस पाठ्यक्रमले निरन्तर सिकाइलाई प्रवर्द्धन गर्दै नेपालको सार्वजनिक रोजगार सेवा प्रणालीमा गुणस्तरीय सेवा प्रवाहको अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

मुख्य विशेषताहरू

लचकता

आफ्नो गतिमा अध्ययन गर्नुहोस् र आवश्यक पर्दा पुनःअध्ययन गर्नुहोस्।

सान्दर्भिकता

अन्तरक्रियात्मक सामग्री, व्यवहारिक उदाहरण तथा कार्यस्थलसँग सम्बन्धित अभ्यासमार्फत सिक्नुहोस्।

व्यावसायिक
विकास

गुणस्तरीय रोजगार सेवा प्रवाहका लागि आवश्यक ज्ञान र व्यवहारिक सीप विकास गर्नुहोस्।

प्रमाणपत्र

तालिमको अन्त्यमा आफ्नो डिजिटल प्रमाणपत्र डाउनलोड गर्नुहोस्।

👤 यो पाठ्यक्रम कसका लागि तयार गरिएको हो?

यो पाठ्यक्रम विशेष गरी नेपालको संघीय, प्रदेश तथा स्थानीय तहमा प्रभावकारी सार्वजनिक रोजगार सेवाहरूको तर्जुमा, व्यवस्थापन तथा समन्वय गर्न आवश्यक ज्ञान र संस्थागत क्षमता अभिवृद्धि गर्न चाहने नीतिनिर्माता, सार्वजनिक रोजगार सेवामा कार्यरत सरकारी अधिकारी तथा अभ्यासकर्ताहरूका साथै सार्वजनिक रोजगार सेवा (PES) अन्तर्गत कार्यरत रोजगार, सीप तथा उद्यमशीलता केन्द्र (ESEC) को व्यवस्थापक तथा यस क्षेत्रमा कार्यरत जनशक्तिका लागि तयार गरिएको हो।

यो पाठ्यक्रम विशेष रूपमा देहायका पेशाकर्मीहरूका लागि लक्षित गरिएको छ; जसले

  • रोजगार, सीप तथा उद्यमशीलता केन्द्र को व्यवस्थापन वा सुपरिवेक्षण (Supervision) गर्छन्;
  • रोजगारदाताहरू तथा श्रम बजारका सरोकारवालाहरूसँग कार्य गर्छन्;
  • रोजगारसम्बन्धी कार्यक्रम तथा पहलहरूको समन्वय गर्छन्; वा
  • संघीय, प्रादेशिक वा स्थानीय तहमा सार्वजनिक रोजगार सेवा (PES) को विकास तथा सुदृढीकरणमा योगदान पुर्‍याउँछन्।

यो कार्यक्रम सार्वजनिक रोजगार सेवामा नयाँ रूपमा कार्य प्रारम्भ गरेका तथा अनुभवी दुवै प्रकारका कर्मचारीहरूका लागि समान रूपमा उपयुक्त छ।

🎯 यस पाठ्यक्रममा तपाईंले के सिक्नुहुनेछ?

यसको अध्ययन सम्पन्न गरेपछि तपाईंले देहायका ज्ञान तथा सीपहरू हासिल गर्न सक्नुहुनेछः

  1. आधुनिक सार्वजनिक रोजगार सेवा (Public Employment Services - PES) को भूमिका तथा कार्यहरू व्याख्या गर्न।
  2. सार्वजनिक रोजगार सेवा (PES) को सुशासन, संगठनात्मक संरचना तथा व्यवस्थापन प्रणाली बुझ्न।
  3. रोजगार खोज्ने व्यक्तिहरू तथा रोजगारदाताहरूका लागि प्रभावकारी रोजगार सेवाको योजना तर्जुमा तथा सेवा प्रवाह गर्न।
  4. सेवा प्रवाहलाई प्रभावकारी बनाउन साझेदारी तथा श्रम बजारका सूचना (Labour Market Information -- LMI) को प्रयोग गर्न।
  5. आधुनिक सार्वजनिक रोजगार सेवामा डिजिटल प्रविधिको भूमिका बुझ्न।
  6. संस्थागत विकास, गुणस्तर सुनिश्चितता तथा कार्यसम्पादन सुधारका विभिन्न विधिहरू कार्यान्वयन गर्न।

📚 पाठ्यक्रमको संरचना

यस कार्यक्रममा १० वटा स्व-अध्ययन (Self-paced) भागहरू समावेश छन्। यी भागहरूले सार्वजनिक रोजगार सेवा (PES) का आधारभूत अवधारणादेखि संस्थागत व्यवस्थापन तथा निरन्तर सुधारसम्मका विषयहरूलाई क्रमिक रूपमा समेटेका छन्। सम्पूर्ण कार्यक्रम अध्ययन गर्न करिब २०-२५ घण्टा लाग्नेछ।

सिकाइलाई थप प्रभावकारी बनाउन सबै भागहरू सिफारिस गरिएको क्रमअनुसार अध्ययन गर्न सुझाव दिइन्छ।

🧭 पाठ्यक्रम अध्ययन गर्ने तरिका

प्रत्येक भागको सिकाइ संरचना समान प्रकारको छ र सक्रिय सिकाइलाई प्रवर्द्धन गर्ने विभिन्न गतिविधिहरू समावेश गरिएको छ।

यस पाठ्यक्रमभर तपाईंले देहायका सामग्री तथा गतिविधिहरू पाउनुहुनेछः

  • प्रत्येक भागको उद्देश्य स्पष्ट गर्ने परिचयात्मक सामग्री;
  • सिकाइपश्चात् हासिल हुने उपलब्धिहरू स्पष्ट गर्ने सिकाइका उद्देश्यहरू;
  • मुख्य अवधारणा तथा उदाहरणहरू प्रस्तुत गर्ने अन्तरक्रियात्मक सामग्री;
  • सिकेका विषयहरूलाई आफ्नो कार्य अनुभवसँग जोड्न प्रेरित गर्ने आत्मचिन्तन (Reflection) सम्बन्धी प्रश्नहरू;
  • म्याचिङ् अभ्यास (Matching Exercises), क्लिक गरी जानकारी खुल्ने (Click-and-Reveal) गतिविधि, वर्गीकरण (Sorting) अभ्यास तथा प्रक्रिया चित्र (Process Diagrams) लगायतका अन्तरक्रियात्मक गतिविधिहरू;
  • सार्वजनिक रोजगार सेवा (PES) ले व्यवहारमा सामना गर्ने वास्तविक परिस्थितिहरूमा आधारित व्यावहारिक उदाहरणहरू; तथा
  • सिकेका विषयहरूको पुनरावलोकन तथा सुदृढीकरण गर्न सहयोग गर्ने ज्ञान परीक्षण (Knowledge Checks)।

तपाईंले आफ्नो सुविधा अनुसार यो पाठ्यक्रम अध्ययन गर्न सक्नुहुन्छ तथा आवश्यक पर्दा जुनसुकै भाग पुनः अध्ययन गर्न सक्नुहुनेछ।

📋 मोड्युलहरूको संक्षिप्त परिचय

मोड्युल सिकाइको उद्देश्य
१. सार्वजनिक रोजगार सेवाका आधारभूत अवधारणाहरू श्रम बजार प्रणालीभित्र सार्वजनिक रोजगार सेवा (Public Employment Services - PES) को भूमिका, कार्य तथा विकासक्रम (Evolution) बुझ्ने।
२. सार्वजनिक रोजगार सेवाको सुशासन तथा संस्थागत संरचना सार्वजनिक रोजगार सेवा (PES) सम्बन्धी सुशासनका नमुनाहरू, संगठनात्मक संरचना तथा संस्थागत जिम्मेवारीहरूको अध्ययन गर्ने।
३. रणनीतिक योजना तथा सेवा प्रवाहका मोडेलहरू सार्वजनिक रोजगार सेवा (PES) ले रोजगार खोज्ने व्यक्तिहरू तथा रोजगारदाताहरूलाई सेवा कसरी योजना बनाई व्यवस्थित रूपमा प्रवाह गर्छ भन्ने बुझ्ने।
४. सक्रिय श्रम बजार नीतिहरू (Active Labour Market Policies) तथा सार्वजनिक रोजगार सेवा सक्रिय श्रम बजार नीतिहरूको भूमिका तथा ती नीतिहरूले सार्वजनिक रोजगार सेवा (PES) मार्फत रोजगारीका परिणामहरू सुधार गर्न कसरी सहयोग पुर्‍याउँछन् भन्ने अध्ययन गर्ने।
५. रोजगार खोज्ने व्यक्तिहरू तथा रोजगारदाताका लागि सेवा डिजाइन पहुँचयोग्य, सेवाग्राही-केन्द्रित रोजगार सेवाको डिजाइन गर्ने तथा रोजगारदातासँगको सहकार्य र संलग्नता सुदृढ गर्ने उपायहरू सिक्ने।
६. रोजगार सेवामा सार्वजनिक--निजी साझेदारी रोजगारदाताहरू तथा अन्य सरोकारवालाहरूसँगको सहकार्यले सार्वजनिक रोजगार सेवालाई कसरी सुदृढ बनाउँछ भन्ने बुझ्ने।
७. श्रम बजार सूचना तथा विश्लेषण श्रम बजारका सूचना (Labour Market Information - LMI) ले योजना तर्जुमा, सेवा प्रवाह तथा प्रमाणमा आधारित निर्णय प्रक्रियालाई कसरी सहयोग पुर्‍याउँछ भन्ने अध्ययन गर्ने।
८. सार्वजनिक रोजगार सेवामा डिजिटल रूपान्तरण सार्वजनिक रोजगार सेवामा डिजिटल उपकरण, नवप्रवर्तन तथा डिजिटल रूपान्तरणका अभ्यासहरूको अध्ययन गर्ने।
९. मानव संसाधन तथा वित्तीय व्यवस्थापनका मोडेलहरू प्रभावकारी सार्वजनिक रोजगार सेवा (PES) सञ्चालनमा मानव संसाधन, नेतृत्व तथा वित्तीय स्रोतहरूको भूमिका बुझ्ने।
१०. गुणस्तर सुनिश्चितता तथा कार्यसम्पादन व्यवस्थापन कार्यसम्पादन व्यवस्थापन तथा निरन्तर सुधार प्रक्रियाले गुणस्तरीय सार्वजनिक रोजगार सेवा प्रवाहलाई कसरी सुदृढ बनाउँछ भन्ने विषयमा अध्ययन गर्ने।

💡 सफल अध्ययनका लागि सुझावहरू

यस पाठ्यक्रमबाट अधिकतम लाभ प्राप्त गर्नका लागि देहायका सुझावहरू पालना गर्नुहोस्:

  • सबै मोड्युलहरूलाई सिफारिस गरिएको क्रम अनुसार अध्ययन गर्नुहोस्।
  • अन्तरक्रियात्मक गतिविधि तथा आत्मचिन्तन (Reflection) सम्बन्धी अभ्यासहरूमा सक्रिय रूपमा सहभागी हुनुहोस्।
  • सिकाइका अवधारणाहरूलाई आफ्नो रोजगार, सीप तथा उद्यमशीलता केन्द्र को कार्यसम्पादनमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा विचार गर्नुहोस्।
  • आवश्यकता अनुसार पुनःअध्ययन (Refresher) का लागि सम्बन्धित भागहरू फेरि अध्ययन गर्नुहोस्।
  • आफूले हासिल गरेको ज्ञान र सीपलाई दैनिक कार्यसम्पादनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा निरन्तर सोच्नुहोस्।

🏁 अध्ययन सम्पन्न भएपछि

यो अध्ययन सामग्री तपाईंको व्यावसायिक क्षमता विकासमा सहयोग पुर्‍याउने तथा नेपालका सबै रोजगार, सीप तथा उद्यमशीलता केन्द्र को निरन्तर सुदृढीकरणमा योगदान पुर्‍याउने उद्देश्यले तयार गरिएको हो।

यस पाठ्यक्रममा समावेश गरिएका ज्ञान, अवधारणा तथा व्यवहारिक विधिहरूले रोजगार खोज्ने व्यक्तिहरू, रोजगारदाताहरू तथा समुदायको आवश्यकता अझ प्रभावकारी रूपमा सम्बोधन गर्ने गुणस्तरीय, समावेशी तथा उत्तरदायी सार्वजनिक रोजगार सेवा प्रदान गर्न तपाईंलाई सहयोग पुग्नेछ भन्ने हाम्रो विश्वास छ।

🎥 सार्वजनिक रोजगार सेवासम्बन्धी भिडियो

सार्वजनिक रोजगार सेवाबारे थप जानकारीका लागि तलको ILO भिडियो हेर्नुहोस्।

Guests cannot access this course. Please log in.